प्रधानमन्त्री कपमा प्रदेश २को पहिलो जित

Read Time:1 Minute

काठमाडौंमा जारी प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगितामा प्रदेश २ले पहिलो जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा प्रदेश २ विजयी भयो । उसले गण्डकी प्रदेशमाथि २ विकेटको जित निकाल्यो ।

पहिला ब्याटिङ गर्दै गण्डकीले दिएको ११७ रनको लक्ष्य प्रदेश २ले १८.१ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो । उसका लागि कप्तान हासिम अन्सारीले सर्वाधिक २६ रन बनाउँदा सन्तोष कार्कीले २३, हरिशंकर साहले १७ रनको योगदान दिए। गण्डकीका कृष्ण पौडेल ३ तथा विशाल पौडेल र सुवास भण्डारीले समान २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ११६ रन मात्र बनाउन सक्यो । उसका लागि युवा ब्याट्सम्यान अर्जुन कुमालले ४१ रनको इनिङ खेलेपनि ठूलो योगफल बनाउन सकेनन् ।

यस्तै, सन्दीप क्षेत्रले २७ तथा अनिल गुरुङ र कप्तान विपिन क्षेत्रीले समान १० रन बनाए । प्रदेश २का आदिल आलमले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिए भने जितेन्द्र यादव, हरिशंकर साह र विवेक यादवले समान १ विकेट लिए।

जारी प्रतियोगितामा प्रदेश २ को यो पहिलो जित हो भने गण्डकीको पहिलो हार। पहिलो खेलमा प्रदेश २ एपिएफसँग २४ रनले पराजित भएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राष्ट्रिय भारोत्तोलनमा प्रहरीका गणेशले बनाए राष्ट्रिय कीर्तिमान
Next post खुला करातेमा जोरपाटी डोजो टिम च्याम्पियन
Close