नेपाल आइपुगे मुख्य प्रशिक्षक पुबुदु

Read Time:1 Minute

नेपाली राष्ट्रिष्य टिमको मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपृगेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिममा आफ्नो दोस्रो कार्यलकाको सुरुआत गर्न पुबुदु नेपाल मंगलबार नेपाल आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पुबुदुलाई पुबुदुलाई क्यानका पदाधिकारीले स्वागत गरेका थिए । क्यानले पुबुदुलाई मंसिर २५ गते मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो।

उनी खुला प्रतिस्पर्धाका आधारमा दोस्रो कार्यकालका लागि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका हुन् । यसअघि उनले सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए । सोबेला नेपालले टि–२० विश्वकप पनि खेलेको थिायो।

विश्वकप लिग २ अन्तर्गतको ओमानमा आएको दोस्रो त्रिकोणात्मक सिरिज सकिएलगत्तै मुख्य प्रशिक्षक डेव वाट्मोरले राजीनामा दिएपनि नेपाली टिम प्रशिक्षकबिहीन थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post दुई खेलअघि नै अस्ट्रेलियाले जित्यो एसेस सिरिज
Next post उज्वेकिस्तानलाई हराउँदै नेपालले जित्यो सेन्ट्रल जोन महिला भलिबल उपाधि
Close