पुवुदु भन्छन– अस्ट्रेलिया यात्राका लागि हामी तयार छौं, यूएईलाई पन्छाउँछौं

Read Time:1 Minute

नेपाली राष्ट्रिय क्रिकेट टिम दोस्रो पटक टि–२० विश्वकप खेल्न एक जित मात्र टाढा छ । विश्वकपको ग्लोबल छनोट अन्तर्गत मंगलबार हुने समूह एको सेमिफाइनलमा युएईविरुद्ध जित निकाले नेपाली टिम यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छ।

छनोटको समूह एको ग्रुप १मा नेपालले शतप्रतिशत जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो । नेपालले ओमानलाई ३९, फिलिपिन्सलाई १३६ र अन्तिम खेलमा क्यानडामाथि ८ विकेटको जित निकाल्यो ।

आज हुने युएई विरुद्धको खेलमा जित निकाले नेपाल दोस्रो पटक टि–२० विश्वकप खेल्ने छ। र, नेपालका लागि अन्तर्राष्ट्रिय फड्को मार्ने सपना बुन्न सक्छ । प्रशिक्षक पुबुदु दासानायक नेपाल अस्ट्रेलिया यात्राका लागि तयार रहेको बताउँछन्।

क्यानडालाई हराउँदै सेमिफाइन पुगेपछि पुबुदुले भने– अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपको यात्रा तय गर्न तयार छौं । हामी यूएईलाई पन्छाउनेछौं ।’

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post युएईलाई हराउँदै नेपालले खेल्ला त विश्वकप ?
Next post युएईले टस जितेर ब्याटिङ रोज्यो, नेपाल बलिङमा, विवेकलाई मौका
Close