खेलाडीले मिहिनेत गरेका छन्, सरप्राइज नतिजा आउँछ :दसानायके

Read Time:3 Minute

आसन्न टि–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा छ । र, दोस्रो टि–२० विश्वकप खेल्न नेपाली टिम कडा मिहिनेत गरिरहेको छ।

नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले पनि खेलाडीहरुले कडा मिहिनेत गरेको बताए । उनले खेलाडीको त्यो मिहिनेतले सरप्राइज नतिजा आउने दाबी गरे।

जुममा पत्रकारहरुसँग कुराकानी गर्दै दसानायकेले अहिले बलिङमा विशेष ध्यान दिइरहेको बताए । ‘पछिल्लो दुई तीन साता बलिङमा केन्द्रित भएर प्रशिक्षण गरिरहेका छौं । खेलाडीहरुले सुधार गरिरहेका छन्, उनीहरुको सुधारबाट म खुशी छु’ दसानायके भन्छन्।

उनले फास्ट बलरहरुबाट पुबुदुले धेरै गरेको बताए । उनले अहिले फास्टबलरबाट जो कोही सरप्राइज हुने बताए । साथै उनले नेपाली ब्याट्सम्यानको हार्ड हिटिङ क्षमताको पनि प्रसंशा गरे।

‘दीपन्द्रले पनि राम्रो बलिङ गर्छ, शरद र कुशल भुर्तेल पनि छन् । त्यो हाम्रो लागि राम्रो हो’, अलराउन्डरको प्रसंशा गर्दै उनले भने, ‘फास्ट बलिङ अलराउण्डरमा आरिफ र विवेक छन् । टिममा युवाहरु राम्रा छन् । बलिङ र ब्याटिङमा ब्यालेन्स छ।’

‘सबै कुरा योजना अनुसार भइरहेको छ । हामीलाई धेरै समय चाहिएको थियो, तर समय छोटो भयो । यही अवस्थाबाट सबैभन्दा राम्रो गर्ने योजना हो’ प्रशिक्षक दशानायकेले भने ।

विश्वकपमा छनोट हुनु नेपालका लागि चुनौतीपूर्ण रहेको प्रशिक्षक पुबुदु स्वीकार गर्छन् । क्वालिफायरमा एउटा खेल बिग्रँदा पनि असर पर्ने उनी बताउँछन् ।
उनले समूहमा रहेको ओमान राम्रो टिम भएको र क्यानडाले पनि राम्रो खेलिरहेको बताए । यस्तै फिलिपिन्सलाई पनि कमजोर आँक्न नहुने बताए ।

टि–२० विश्वकपको ग्लोबल क्वालिफायर फेब्रुअरी १८ देखि २४ सम्म हुनेछ । नेपालले पहिलो दिन नै घरेलु टोली ओमानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । ग्लोबल क्वालिफायरमा कूल १६ टोली सहभागी हुनेछन् । यो प्रतियोगिताबाट ४ टोली मात्र टि–२० विश्वकपमा पुग्नेछ ।

नेपाल र ओमानसहित क्यानडा र फिलिपिन्स समूह ए मा छन् । समूह बी मा आयरल्याण्ड, युएई, जर्मनी र बहराइन छन् । समूह चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल विजेता टिमहरु फाइनल पुग्दै अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछन् ।

ग्लोबल क्वालिफायरको फाइनल खेल फेब्रुअरी २४ मा हुनेछ । ग्लोबल क्वालिफायरअघि नेपालले ओमानमै चार देश सम्मिलित टी–२० सिरिज खेल्नेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टि–२० विश्वकप खेल्ने नेपालको लक्ष्य
Next post एमबाप्पेबाट किन खोसियो ७ नम्बरको जर्सी?
Close