
आइपिएलमा लखनउको उत्कृष्ट प्रदर्शन, दिल्ली ६ विकेटले पराजित
लखनउ सुपर जायन्ट्सले आइपिएलमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। जारी आइपिएलमा ४ मध्ये तीन खेलमा जित निकाल्ने क्रममा लखनउले दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित निकाल्यो ।
पहिला ब्याटिङ गर्दै दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले दुई बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। लखनउको जितमा ओपनर क्विन्टन डी ककले सर्वाधिक ८० रन बनाए । ५२ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे ।
कप्तान केएल राहुलले २४ रन बनाए भने क्रुनाल पाण्ड्या १९ र आयुष बदोनी १० रनमा अविजित रहे । दिल्लीका कुलदीप यादवले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १४९ रन बनाएको थियो । उसका पृथ्वी शले ३४ बल खेल्दै ९ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६१ रन बनाए ।
कप्तान ऋषव पन्तले अविजित ३९ रन जोड्दा सर्फराज खान ३६ रनमा अविजित रहे । लखनउका रवी बिशोईले २ तथा कृषनप्पा गोथामले १ विकेट लिए ।
जितपछि ४ खेलबाट ६ अंक जोडेको लखनउ दोस्रो स्थानमा उक्लेको छ । ६ अंक नै रहेको कोलकता नाइट राइटर्ड नेट रनरेटमा अगाडि रहँदै शीर्ष स्थानमा छ । तीन खेलमा दोस्रो हार बेहोरेको दिल्ली २ अंकसहित सातौं स्थानमा छ ।