डि कक बने दक्षिण अफ्रिकी क्रिकेटर अफ दी इयर

यो वर्ष उत्कृष्ट प्रदर्शन गरेका क्वेन्टन डि कक दक्षिण अफ्रिकाको पुरुष क्रिकेटर अफ दि इयर बनेका छन् । क्रिकेट दक्षिण अफ्रिकाले शनिबार डी कक वर्षको उत्कृष्ट क्रिकेटर घोषणा गरेको हो।

डि ककले क्रिकेटर अफ दी इयरका साथै टेस्ट क्रिकेटर अफ दि इयर र प्लेयर्स प्लेयर्स अफ दि इयरको अवार्ड पनि जितेका छन् । यस्तै, एकदिवसीय र टी–२० क्रिकेटर अफ दि इयरको अवार्ड फास्ट बलर लुंगी एनगिडीले जिते ।

यसैगरी फ्यान्स प्लेयर अफ दि इयरको अवार्ड विस्फोटक ब्याट्सम्यान डेभिड मिलरले जितेका छन् । यस्तै, महिलातर्फ लौरा वोल्भार्डले क्रिकेटर अफ दि इयर, एकदिवसीय क्रिकेटर अफ दि इयर् र प्लेयर्स प्लेयर्स अफ दि इयर अवार्ड जितिन् । महिला टि–२० क्रिकेटर अफ दि इयर् भने शबनिम इस्माइलले जितिन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.