आईपिएलमा आरसिबीको कप्तानी डु प्लेसिसले गर्ने

Read Time:1 Minute

आसन्न इन्डियन प्रियिमर लिग (आईपिएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानी दक्षिण अफ्रिकी ब्याट्सम्यान फाफ डु प्लेलिसले गर्ने भएका छन् । यसअघि कप्तानी गर्दै आएका विराट कोहलीले कप्तानी छाडेपछि आरसिबीले अनुभवी डु प्लेसिसले कप्तान बनाएको हो।

डु प्लेसिसको अनुभवलाई ध्यानमा राख्दै उनले यो जिम्मेवारी पाएका हुन्। भारतका दिनेश कार्तिक सिनियर खेलाडीमा परे पनि उनलाई यो जिम्मेवारी दिइएको थिएन।

दक्षिण अफ्रिकाका पूर्वकप्तान डु प्लेसिसलाई यस वर्षको मेगा अक्सनमा आरसिबीले किनेको थियो। यसअघि उनी चेन्नई सुपर किंग्सबाट खेल्दै आएका थिए।

आईपीएल रेकर्डको कुरा गर्ने हो भने डु प्लेसिसले प्रतियोगितामा जम्मा १०० खेल खेलेका छन् र यो अवधिमा उनको ब्याटबाट २ हजार ९३५ रन आएको छ। उनले २२ अर्धशतक प्रहार भएका छन्।

प्रतियोगिताको सुरुदेखि नै आरसीबी टोलीले उपाधि जित्न सकेको छैन। यो वर्ष पनि टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post झापा ११ झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने
Next post रोनाल्डोको ह्याट्रिकमा युनाइटेड विजयी
Close