क्रिकेटराष्ट्रिय क्रिकेट

नेपाली टिमको हौसला बढाउन बालेन र रवि श्रीलंका जाने

नेपाली राष्ट्रिय क्रिकेट टिमले सिनियर लेभलमा पहिलो पटक भारतसँग खेल्दै छ। एसिया कपको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकामा भारतको सामाना गर्दैछ।

भारतविरुद्ध नेपाली टिमको हौसला बढाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन साह मैदानमै उस्थित हुने भएका छन्।

नेपाली खेलाडी हौसला बढाउन रास्वपा अध्यक्ष लामिछाने श्रीलंका प्रस्थान गरिसकेका छन्। रवि पत्नी निकिता र दीपक बोहरासँगै आइतबार दिउँसो श्रीलंका प्रस्थान गरेका छन्।

यस्तै, मेयर बालेन साह पनि आजै राति श्रीलंका जाने बताइएको छ। बालेन तीन जनाको टोलीसहित श्रीलंका जवान लागेको बताइएको छ।

नेपाल र भारतबीचको खेल भोलि दिउँसो ३ः१५ बजे पाल्लेकलमा हुनेछ।