आश्विनले आइपिएलबाट नाम फिर्ता लिए

अनुभवी स्पिनर रविचन्द्रन आश्विनले जारी आइपिएलबाट नाम फिर्ता लिएका छन् । दिल्ली क्यापिटल्सका बलर आविश्वनले ट्वीट गर्दै आइपिएलएलका बाँकी खेल नखेल्ने घोषणा गरेका हुन् ।

आश्विनले कोरोना भाइरस महामारीका कारण आफुले आईपीएलका बाँकी खेल नखेल्ने उल्लेख गरेका छन्। उनले कोरोना भाइरसविरुद्ध लड्न र आफ्नो परिवारलाई सहयोग गर्नका लागि आईपीएलबाट नाम फिर्ता लिएको जनाएका छन् ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरका बलरद्धय एडम जम्पा र केन रिचर्डसनले पनि आईपीएलबाट बाहिरिएका छन् । जम्पा र रिचर्डसन व्यक्तिगत कारणले अष्ट्रेलिया फर्किने भएकाले उनीहरु आइपिएलका बाँकी खेलका लागि उपलब्ध नहुने जनाइएको छ ।

आरसीबीले ट्वीट गर्दै जम्पा र रिचर्डसनको निर्णयलाई स्वागत गरेको जनाएको छ ।

पछिल्लो समय कोरोना भाईरसका कारण आईपीएलबाट खेलाडीले नाम फिर्ता लिने क्रम बढ्दो छ । कोरोनाका कारण आयोजक देश भारतनै प्रभावित बनेपछि खेलाडीले आईपीएलबाट नाम फिर्ता लिन थालेका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.