भारतका श्रीनिवास बने नेपाली टिमको फिल्डिङ सल्लाहकार

Read Time:1 Minute

भारतीय प्रशिक्षक रघुराम श्रीनिवास नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ सल्लाहकारमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आसन्न विश्वकप छनोटका लागि श्रीनिवासलाई नियुक्त गरेको हो।

ए लेभलका प्रशिक्षक श्रीनिवास आइतबार नै नेपाल आइपुगेका छन्। उनी र नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अमेरिकी टिममा सँगै काम गरेका थिए । प्रशिक्षक दासानायकेकै पहलमा उनी नेपाल आएका हुन्। दासानायकलेले उनी उर्जावान फिल्डर भएको र नेपाली क्रिकेटको अभावमा केही पूरा गर्न सक्ने बताएकाछन्।

क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्य टोली घोषणा गरिसकेको छ। नेपाली टोली फेब्रुअरी ८ वा ९ मा ओमान जाने तयारी गरेको छ। ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि आठ टोली छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post गिनीमाथि सेनेगलको सानदार जित, अफ्रिका कप अफ नेसन्सको अन्तिम चारमा
Next post बलात्कार आरोपमा युनाइटेडका स्ट्राइकर ग्रीनउड पक्राउ
Close