इपिएलका लागि काठमाडौंले भित्र्यायो अफगानी ब्याट्सम्यान

Read Time:1 मिनेट

आसन्न चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि काठमाडौं किंग्स इलाभेनले आफगानिस्तानका ब्याट्सम्यान रहमानुल्लाह गुर्बाजलाई अनुबन्धन गरेको छ । काठमाडौंले मंगलबार विकेटकिपर ब्याट्सम्यान गुर्बाजलाई अनुबन्धन गरेको जनाएको छ।

गुर्वाजले अफगानिस्तानका लागि १३ टि–२० र तीन एकदिसीय खेल खेलेका छन् । जसमा उनले टि–२०मा तीन अर्धशतकसहित ४४६ र एकदिवसीयमा १ शतकसहित १८० रन बनाएका छन्।

२० वर्षीय गुर्बाज काठमाडौंमा अनुबन्धन भएका तेस्रो विदेशी खेलाडी हुन्। यसअघि उसले पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी र सिंगापुरका जनक प्रकाशलाई अनुबन्ध गरेको छ।

असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुने इपिएलमा काठमाडौंको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् भने प्रशिक्षकमा कलाम अली छन्।

काठमाडौंमा सन्दीपसँगै गुल्सन झा, सुवास खकुरेल, जितेन्द्र मुखिया, सिद्धान्त लोहनी, राजु रिजाल, अमित श्रेष्ठ, अमरसिंह राउटेला लगायत खेलाडी छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सनिल आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप छनोटको ६७ केजीमा पहिलो
Next post वर्ल्ड स्कुल स्पोर्ट्समा सहभागी नेपाली टिम फर्कियो
Close