एकै खेलमा दुई सुपरओभर, पञ्जाबले मुम्बईलाई हरायो

Read Time:4 Minute

युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल)मा आइतबार रातिको खेल निकै रोमाञ्चक बन्यो । डिफेन्ङि च्याम्पियन मुम्बई इन्डियन्स र किंग्स इलावेन पञ्जाबबीचको खेलको नतिजान आउन झण्डै ५ घण्टा लाग्यो ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको नतिजा दुई सुपरओभरपछि मात्र आयो । दुई सुपरअ‍ेभरपछि पञ्जाबले मुम्बईलाई हराएको थियो । निर्धारित ओभरको खेलमा दुवै टिमले १७६ रन बनाए, पहिलो सुपर ओभरमा पनि दुवै टिमले समान ५ रन नै बनाए ।

त्यसपछि खेल दोस्रा सुपर ओभरमा गयो । पहिला ब्याटिङ गरेको मुम्बईले पञ्जाबलाई १२ रनको लक्ष्य दियो । अन्मिम बलमा किरोन पोलार्ड प्रहार गरेको बललाई मायंक अग्रवालले बाउन्ड्रीमा उत्कृष्ट बचाउ गर्दै छक्का हुनबाट रोकेका थिए । पञ्जाबका क्रिस गेल पहिलो बलमै ट्रेन्ट बोल्डलाई छक्का प्रहार गरेपछि पञ्जाबले ४ बलमै जित निकाल्यो ।

यसअघि पहिलो सुपर ओरमा जसप्रित बुमराहले उत्कृष्ट बलिङ गरेपछि पञ्जाबले ५ रन मात्र बनाउन सकेको थियो । तर, पञ्जाबका मोहम्मद सामीले उत्कृष्ट बलिङ गरेपछि मुम्बईका कप्तान रोहित शर्मा र क्वेन्टन डि कक ६ बलमा ५ रन मात्र बनाउन सके ।

एउटै खेलमा दुई सुपर ओभर भएको यो पहिलो पटक हो । गत वर्ष एकदिवसीय विश्वकप फाइलनमा निर्धारित ओभर र सुपर ओभरमा पनि खेल बराबरीमा सकिएपछि बाउन्ड्रीका आभरमा इंग्ल्यान्डलाई विजयी घोषित गरेपछि व्यापक आलोचना भएपछि आईसिसीले सुपरओभरमा पनि बराबर भए लगतार सुपर ओभर गराउने नियम बनाएको थियो ।

आईपिएलमा आइतबार अर्को रेडर्क पनि बन्यो, एकै दिन दुई खेल सुपर ओभरमा पुगेर । आइतबार दिउँसो भएको कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीचकोल पनि सुपर ओभरमा पुगेको थियो । सुपरओभरमा कोलकाता विजयी भएको थियो ।

पञ्जाबको लागतार दोस्रो जित, मुम्बईले गुमायो शीर्ष स्थानमा उक्लिने अवसर
आईपिएलमा पञ्जाबले लगातार दोस्रो जित निकालेको छ । दुई सुपर ओभर भएको खेलमा मुम्बईलाई हराउँदै पञ्जाबले लगतार दोस्रो तिज निकालेको हो । यसअघि उसले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले हराएको थियो ।

लगतार दोस्रो जितसहित ६ अंक जोड्दै पञ्जाब प्लेअफको सम्भावनालाई जीवित बनाएको छ। रनरेटमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्यसलाई पछि पार्दै पञ्जाब छैठौं स्थानमा उक्लिएको छ । पञ्जबसँगको हारसँगै मुम्बईले भने शीर्ष स्थानम उक्लिने अवसर गुमायो । उसको ९ खेलमा १२ अंक छ, र दोस्रो स्थानमा छ ।

यसअघि पहिला ब्याटिङ गर्दै मुम्बईले दिएको १७७ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १७६ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान केएल राहुलले ५१ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ७७ रन बनाए । यस्तै, क्रिस गेल र निकोलस पुरनले समान २४ रन बनाए । मुम्बईमा जसप्रित बुमराहले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए भने राहुल चाहलले २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको मुम्बई डि कक र पोलार्ड चम्किएपछि निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनायो । डि ककले ४३ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ५३ रन बनाए भने पोलार्डले १२ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ रन बनाए । यस्तै, कुर्णाल पाण्ड्याले ३४ र नाथन कुल्टर नाइलले १२ बलमा २४ रन बनाए । पञ्जबका अर्शदीप सिंह र मोहम्मद सामीले समान २ विकेट लिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

16 thoughts on “एकै खेलमा दुई सुपरओभर, पञ्जाबले मुम्बईलाई हरायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एनटीएलाई ४ स्वर्ण र ३ रजत
Next post एस्टन भिल्लाको लय कायमै, लेस्टर सिटी १–०ले पराजित
Close