तेवातिया र पराग चम्किँदा राजस्थान विजयी, हैदरावाद ५ विकेटले पराजित

राहुल तेवातिया र रियान परागले उत्कृष्ट प्रदर्शन गरेपछि राजस्थान रोयल्सले आईपिएलमा लागातार ४ हारको श्रृंखलामा पूर्णविराम लगएको छ । आइतबार दुबईमा भएको खेलमा तेवातिया र परागले मिडलअर्डरमा उत्कृष्ट ब्याटिङ गरेपछि राजस्थानले सनराइजर्स हैदरावादलाई ५ विकेटले हरायो ।

७ खेल खेलेका राजस्थानको यो तेस्रो जित हो । यसअघि लगातार दुई खेल जित्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको राजस्थानले त्यसपछिका लागातार ४ खेल हारेको थियो । हैदरावादले पनि ७ खेलमा ३ खेल जितेको छ । रनरेटमा माथि रहँदै हैदरावाद पाचौं स्थानमा छ भने राजस्थान छैैठौं स्थानमा छ ।

पहिला ब्याटिङ गर्दै हैदरावादले दिएको १५९ रनको लक्ष्य राजस्थानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । सातौं खेलमा पनि राजस्थनको सुरुवात राम्रो हुन सकेन । माथिल्लो क्रमका ब्याट्सम्यान लागतार आउट हुँदा राजस्थान १२ ओभरमा ७८–५को खराब अवस्थामा थिए ।

तर, त्यसपछि तेवातिया र परागले छैठौं विकेटका लागि ८५ रनको नटआउट साझेदारी गरेपछि राजस्थान विययी भयो । तेवातियाले २८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन बनाए भने परागले २६ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ४२ रन बनाए ।

यस्तै, सन्जु सामसनले २६, रविन उथप्पाले १८ र जोस बट्लरले १६ रन बनाए । ओपनिङमा आएका बेन स्टोक्स र कप्तान स्टिभ स्मिथले समान ५ रन मात्र बनाउन सके । हैदरावादका रसिद खान र खालिल अहमदले समान २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनायो । उसका मनिष पाण्डेले ४४ बलमा सर्वाधिक ५४ रन बनाए भने कप्तान डेविड वार्नरले ३८ बलमा ४८ रन बनाए।

यस्तै, केन विलियम्सनले १२ बलमा २२ रन बनाउँदा जोनी बेइस्टोले १९ र प्रियम गर्गले १५ रनको योगदान दिए । राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी र जयदेव उनकडले समान १ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP