इपिएलका लागि ललितपुरले भित्र्यायो भुटानी खेलाडी

आसन्न चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सले भुटानी खेलाडीलाई अनुबन्धन गरेको छ। ललितपुरले भुटानी राष्ट्रिय टिमका स्टार ब्याट्सम्यान रन्जुङ मिक्यो दोर्जीलाई अनुबन्धन गरेको हो।

ललितपुरले मंगलबार एक विज्ञप्ति जारी गर्दै रन्जुङ मिक्यो दोर्जीलाई अनुबन्धन गरेको उल्लेख गरेको छ। असोज ९ देखि २३ सम्म हुने इपिएलका ललितपुरले दोर्जीलाई अनुबन्धन गरेको हो।

उनले डिफेन्डिङ च्यामिपयन ललितपुरबाट इपिएल खेल्न पाउँदा अन्त्य खुसी भएको बताएका छन्। ‘डिफेन्डिङ च्याम्पियन ललितपुरबाट इपिएल खेल्न उत्साहित छु । मलाई यो अवसर दिएको क्लबलाई धन्यवाद,’ उनले भनेका छन्, ‘पुनः नेपाली दशर्क अगाडि खेल्न पाउँदै अत्यन्तै खुसी छु । म क्लबलाई पनि खसी राख्ने प्रयास गर्ने छु।’

प्रतियोगिताका लागि ललितपुरले इंग्ल्यान्डका ब्याट्सम्यान एलेक्स ब्लाकलाई अनुबन्धन गरेको छ। विभिन्न शहरका ६ फ्रेन्चाइज टिम सहभागी हुने इपिएलमा प्रत्येकटिमले प्लेइङ सेटमा ३ विदेशी खेलाडी अनिवार्य खेलाउनु पर्ने नियम छ।

Facebook Comments Box