आईपिएल : दिल्लीको पहिलो हार, हैदरावादको पहिलो जित

१३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल)मा दिल्ली क्यापिटल्सले पहिलो हारको सामना गरेको छ । अबुधाबिमा मंगलबार राति भएको खेलमा दिल्ली सनराइजर्स हैदरावादसँग १५ रनले पराजित भयो ।

यसअघि दिल्लीले पहिलो खेलमा किंग्स इलावेन पञ्जावलाई सुपरओभर र दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो । यता, सुरुवाती दुवै खेलमा पराजित भएको हैदरावादले पहिलो जित हात पारेको छ । हैदरावाद पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग १० र कोलकाता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।

यो हारसँगै दिल्ली तालिकाको दोस्रो स्थानमा झरेको छ । दिल्ली र राजस्थान रोयल्सको समान ४ अंक भएपनि राजस्थान रनरेटमा दिल्लीभन्दा माथि छ । राजस्थानले २ खेलमात्र खेलेको छ ।

टस हारेर पहिला ब्याटिङ गर्दै हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । उसका लागि शिखर धवनलै सर्वाधक ३४ रन बनाए भने ऋषव पन्तले २८, सिमरन हेटमेयरले २१ रन बनाए ।

दिल्लीलाई सस्तैमा रोक्ने क्रममा रसिद खान, भुवनेश्वर कुमार र टि नटराजनले उत्कृष्ट बलिङ गरे । रसिदले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए भने भुवनेश्वरले २५ रन खर्चेर २ विकेट लिए । यस्तै, नटराजनले २५ रन खर्चेर १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको हैदरावादले जोनी बेइस्ट्रोको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनायो । बेइस्ट्रोले ४८ बलमा ५३ रन बनाए । यस्तै कप्तान डेविड वार्नरले ३३ बलमा ४५ र केन विलियम्सनले २६ बलमा ४१ रन बनाए । दिल्लीका कागिसो रबाडा र अमित मिश्राले समान २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP