इंग्ल्यान्डलाई हराएपनि दक्षिण अफ्रिका बाहिरियो

दक्षिण अफ्रिका टि २० विश्वकपको सुपर १२ बाटै बाहिरिएको छ। शनिबार राति भएको भएको खेलमा इंग्ल्यान्डमाथि १० रनको जित निकाले पनि दक्षिण अफ्रिका सेमिफाइलन पुग्न सफल भएको हो।

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाले समान ४ जित र १ हार बेहोरो । तीनै टिमको समान ८ अंक भएपनि यो रन रेटमा माथि रहँदै इंग्ल्यान्ड विजेता बन्दा अष्ट्रेलिया उपविजेता बन्यो । यो समूहबाट अफ्रिकासँगै वेस्टइन्डिज र बंगलादेश प्रतियोगिताबाट बाहिरिए।

सारजाहमा भएको खेलमा पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले दिएको १९० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ८ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो। उसका लागि मोइन अलीले सर्वाधिक ३७ रन बनाए बने डेविड मलानाले ३३, लियाम लिभिङस्टोनले २८, जोस बटलरले २६ रन बनाए।

दक्षिण अफ्रिकाका कागिसो राबडाले ३, विकेट लिए भने ताब्रिज साम्सीले र ड्वेन प्रिटोरियसले समान २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा २ विकेट गुमाएर १८९ रन बनायो। उसका रस्सी भान डेर डुसनले नटआउट ९४ रन ब नाए । उनले ६० बल खेल्दै ५ चौका र ६ छक्का प्रहार गरे ।

यस्तै, एडेन मारक्रमले नटआउट ५२ रन बनाए । उनले २५ बलमा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै, क्वेन्टन डी ककले ३४ रन बनाए। इंग्ल्यान्डका अदिल रसिद र मोइन अलीले समान एक विकेट लिए।

Facebook Comments Box