पोलार्डको कप्तानीमा विश्वकपका लागि वेस्टइन्डिजकाे टिम घोषणा

युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुने आसन्न टि–२० विश्वकपका लागि वेस्टइन्डिजको टिम घोषणा गरिएको छ। वेस्टइन्डिज क्रिकेट बोर्डले किरोन पोलार्डको कप्तानीमा लागि १५ सदस्यीय टिम घोषणा गरेको हो।

वेस्टइन्डिज टि–२० विश्वकपको डिफेन्डिङ च्याम्पियन पनि हो। वेस्टइन्डिजको टिममा नयाँ र अनुभवी खेलाडीको समिश्रण छ। यो टिममा अनुवभी क्रिस गेल, ड्यावन ब्रभो, पोलार्डजस्ता अनुभवी खेलाडी छन् भने हैडन वाल्स, ओबेड म्याकोइजस्ता युवा खेलाडी पनि छन्।

विश्वकप मार्फत नै रवि रामपोउलले पनि वेस्टइन्डिजको टिममा पुनरागमन गरेका छन्। उनी सन् २०१५ पछि पहिलो पटक टिममा परेका हुन्। जारी क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि रामपोउलले टिममा ६ वर्षपछि पुनरागमन गरेका हुन्

युएई र ओमानमा आयोजना हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । विश्वकपको सुपर १२ मा वेस्टइपन्डज ग्रुप १मा छ । यो ग्रुपमा दक्षिण अफ्रिका र अष्ट्रेलिया पनि छन्।

यस्तो छ टिम

किरोन पोलार्ड (कप्तान), निकोलस पुरन (उपकप्तान), फाबियन एलेन, ड्वायन ब्राभो, रोस्टोन चेस, आन्द्रे प्लेचर, क्रिस गेल, सिमरोन हेटमेयर, इभान लेविस, ओबेड म्याकोइ, रवि रामपोउल, आन्द्रे रसेल, लिन्डल सिमोनस, ओसानो थोमस, हैडेन वाल्स जुनियर ।

वैकल्पिक खेलाडीः डारेन ब्राभो, सेलडन कोट्रेल, जासोन होल्डर र अकेल हुसैन।

Facebook Comments Box