विराटनगरले भित्र्यायो क्यानडाका खेलाडी

आसन्न चौथो संस्करणको प्रिमियर लिगका लागि विराटनगर वारियर्सले क्यानेडियन खेलाडीलाई अनुबनधन गरेको छ। विराटनगर दोस्रो विदेशी खेलाडीका रुपमा क्यानडाका राष्ट्रिय खेलाडी रायाखान पठानलाई अनुबन्धन गरेको हो।

बुधबार फेसबुकमार्फत विराटनगरले पठानलाई अनुबन्धन गरेको जनाएको हो। क्यानडाबाट उमेर समूह र राष्ट्रिय टिममा उत्कृष्ट प्रदर्शन गरेका पठान दायाँ हाते मिडियर पेसर हुन् । उनी तल्लो क्रममा ब्याटिङ गर्न सक्छन्।

२९ वर्षीय पठानले क्यानडाबाट १ एकदिवसीय, १ फस्ट क्लास र १० लिस्ट ए खेल खेलेका छन्। त्यसमा उनले एकदिवसीयमा २, फस्ट क्लासमा ३ र लिस्ट एमा १० विकेट लिएका छन्।

यसअघि विराटनगरले जिम्बाबेका अलराउन्डर सिकन्दर राजलाई अनुबनधन गरेको छ । चौथो संस्करणको इपिएल असोज ९ देखि कीर्तिपुरस्थित टियू मैदानमा सुरु हुने एभरेस्ट प्रियिमर लिगमा प्रत्येक टिमले प्लेइङसेटमा अनिवार्य ३ खेलाडी खेलाउनु पर्छ।

Facebook Comments Box