बंगलादेशमाथि जिम्बाबेको जित

Read Time:1 मिनेट

जिम्बावेले पहिलो एकदिवसीयमा भ्रमणकारी बंगलादेशलाई ५ विकेटले पराजित गरेको छ। योसँगै घरेलु टोली जिम्बावेले ३ ओडीआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ।

जितको लागि ३०४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले ४८।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। जिम्बावेको जितमा सिकन्दर राजा १३५ रनमा अविजित रहे। उनले १०९ बलमा ८ चौका र ६ छक्का प्रहार गरे।

यता, इनोसेन्ट कैयाले १२२ बलमा ११ चौका र २ छक्कासहित ११० रनको शतकीय इनिङ्स खेले। बंगलादेशका मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम, मेहदी हसन र मोद्दासेक हसनले समान १ विकेट लिए।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३०३ रन बनायो। बंगलादेशका लिटन दास ८१ रनमा रिटायर्ट हर्ट भए। उनले ८९ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

कप्तान तमिम इकबालले ८८ बलमा ९ चौकासहित ६२ रन बनाए। अनमुल हक ६२ बलमा ६ चौका र ३ छक्कासहित ७३ रन बनाए। मुश्फिकुर रहिमले ४९ बलमा ५ चौकासहित ५२ रनमा अविजित रहे। महमुदूल्लाह रियाद २० रनमा अविजित रहे। जिम्बावेका भिक्टर न्याउची र राजाले १र१ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भारतले जित्यो यू–२० साफ च्याम्पियनसिप उपाधि
Next post ब्राजिलियन स्ट्राइकर चम्किँदा आर्सनलको जित
Close