इपिएल खेल्ने दक्षिण अफ्रिकाका रिचर्ड लेभी काठमाडौंमा

दक्षिण अफ्रिकाका ब्याट्सम्यान रिचर्ड लेभी चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्न काठमाडौं आइपुगेका छन्। इपिएलका लागि उनी पोखरा राइनोजमा आबद्ध छन्।

विस्फोटक ब्याट्सम्यान लेभी दोस्रो पटक इपिएल खेल्न काठमाडौं आएका हुन् । यसअघि तेस्रो संस्करणको इपिएल पनि उनले पोखराबाटै खेलेका थिए। उनले ४ खेलमा २ अर्धशतकसहित ४०२ रन बनाएका थिए।

दक्षिण अफ्रिकाका लागि १३ टि–२० अन्तर्राष्ट्रिय खेलिसकेका ३० वर्षीय लेभी ओपनिङ ब्याट्सम्यान हुन् । उनले १ शतक र १ अर्धशतक बनाएका लेभीले १३ खेल खेल्दै २ सय ३६ रन बनाएका छन् । उनले मुम्बई इन्डियन्सबाट आईपिएल खेल्नुका साथै समरसेटबाट इंग्ल्यान्डको काउन्टी क्रिकेट पनि खेलेका छन् ।

चौथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा पोखरा राइनोजले भैरहवा ग्लाडियटर्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।

Facebook Comments Box