
बिग बासमा म्यासक्वेल र मेलनर्ब स्टार्सले बनाए कीर्तिमान
जारी बिग बास लिगमा अलराउन्डर ग्लेन म्याक्सवेल र उनको टिम मेलर्बन स्टार्सले नयाँ कीर्तिमान बनाएका छन्। लिगको अन्तिम खेलमा होबर्ट हुरिकेन्सविरुद्ध ओपनिङमा आएका म्याक्सवेलले बिग बास इतिहासकै सर्वोत्कृष्ट इनिङ खेले।
म्याक्सवेलले २४० को स्ट्राइकमा १५४ रन बनाए । यो बिग बासको व्यक्तिगत उच्च स्कोर हो । ६५ बल खेलेको उनले २२ चौका र ४ छक्का प्रहार गरे।
यसक्रममा म्याक्सवेलले आफ्नै सहकर्मी मार्कस स्टोइनिसको कीर्तिमान तोडे । मेलबर्न स्टार्सका मार्कस स्टोइनिसले गतवर्ष सिड्नी सिक्सर्सविरुद्ध १ सय ४७ रनको अविजित इनिङ खेलेका थिए ।
म्याक्सवेलको विस्फोटक इनिङ मद्दतमा मेलबर्नले २७३ रन बनायो । यो बिग बासमा कुनै पनि टिमले बनाएको सर्वाधिक स्कोर हो । यस्तै, टि–२० क्रिकेटकै तेस्रो सर्वाधिक ठूलो स्कोर हो। यसअघि अफगानिस्तानले आयरल्यान्डविरुद्ध तथा चेक रिपब्लिकले टर्कीविरुद्ध समान २७८ रन बनाएका थिए।
खेल मेलबर्नले १०६को विशाल अन्तरले जित्यो । २७४ रनको कीर्तिमानी लक्ष्य पछ्याएको होबर्टले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो ।
यो हारसँगै होबर्टले प्लेअफमा पुग्ने अवसर गुमायो । २७ अंक जोडेको उ पाँचौं स्थानमा रह्यो। यता, मेलबर्न २६ अंकसहित छैठौं स्थानमा रह्यो।