क्रिकेटराष्ट्रिय क्रिकेट

भारतसँगको खेलपछि रोहितले भने– टिमको प्रदर्शनमा खुसी छु

पहिलो पटक भारतसँग खेलेको नेपाली क्रिकेटले राम्रो प्रदर्शन गरेको छ। राम्रो पदर्शनका बाबजुद नेपाल भारतसँग १० विकेटले पराजित भयो।

भारतसँगको खेलपछि नेपालका कप्तान रोहितकुमार पौडेलले टिमको प्रदर्शनबाट आफु सन्तुष्ट भएको बताएका छन्। वर्षाले प्रभावित खेलमा नेपालले पहिला ब्याटिङ गदैृ २३० रन बनाएको थियो।

जसमा आसिफ सेखले अर्धशतक बनाएका थिए। भने सोमपाल कामीले ४८ रनको उत्कृष्ट इनिङ खेलेका थिए।

‘नेपाली टिमको प्रदर्शनमा सन्तुष्ट छु। विशेषगरी ब्याटिङमा हाम्रा ओपनरले राम्रो गरे। मिडल अर्डरमा हामीले अझै राम्रो गर्न सक्थ्यौं। मैले २६०–२७० रन सम्मको स्कोर राम्रो हुने सोचेको थिएँ,’ खेलपछि रोहितले भने।

उनले भारतका ब्याट्सम्यनद्वय विराट कोहली र रोहित शर्मासँग पनि खेलका दौरान छोटो कुरा गर्ने मौका पाएको पत्रकार सम्मेलनमा बताए।

भारतविरुद्ध आफूहरुको बलिङ योजना सुनाउँदै उनले अघि भने, ‘बलिङमा हाम्रो लक्ष्य राम्रो एरियामा बलिङ गरेर उनीहरुलाई रोक्ने थियो। पानीका कारण राम्रो बलिङ गर्नु हाम्रो लागि चुनौती थियो।’

पाकिस्तानभन्दा भारतविरुद्ध राम्रो ब्याटिङ गरेको हो भन्ने प्रश्नमा उनले परिस्थितिमा भर पर्ने बताए। ‘सबै कुरा कन्डिसनमा भर पर्छ,’ उनले भने।