रोहित शर्माको शतकमा भारतलाई १७१को अग्रता

ओपनर रोहित शर्माले सानदार शतक प्रहार गरेपछि भारतले इंग्ल्यान्डविरुद्धको चौथो टेस्टको दोस्रो इनिङमा १७१ रनको अग्रता लिएको छ। रोतिहको शतक मद्दतमा तेस्रो दिनको खेल सकिँदा भारतले ३ विकेटको क्षतिमा २७० रन बनाएको छ।

दोस्रो इनिङमा भारतलाई बलियो बनाउने क्रममा रोहितकले २५६ बल खेल्दै १४ चौका र १ छक्काको मद्दतमा १२७ रन बनाए। विदेशमा रोहितको पहिलो टेस्ट शतक हो।

रोतिहले पहिलो विकेटका लागि केएल राहुलसँग ८३ रनको साझेदारी गरेका थिए। राहुलले १०१ बलमा ४६ रन बनाए। रोहितले दोस्रो विकेटका लागि चेतेश्वर पुजारासँग १५३ रनको साझेदारी गरेका थिए। पुजाराले १२७ बलमा ९ चौका प्रहार गर्दै ६१ ।न बनाए । भारतका कप्तान विराट कोहली २२ र रविन्द्र जडेजा ९ रनमा क्रिजमा छन्। इंग्ल्यान्डका ओली रोविन्सनले २ तथा जेमस एन्डरसनले १ विकेट लिए।

यसअघि भारतले पहिलो इनिङमा १९१ रन बनाएको थियो । उसका लागि शार्दुल ठाकुरले सर्वाधिक ५७ रन बनाउँदा कप्तान कोहलीले ५९ रन बनाएका थिए । इंग्ल्यान्डका क्रिस वोक्सले ४ तथा रोविन्सनले ३ विकेट लिएका थिए।

इंग्ल्यान्डले पहिलो इनि«ङमा २९० रन बनाएको थियो। उसका लागि आृेली पोपले सर्वाधिक ८१ रन बनाउँदा वोकसले ५० रन बनाएका थिए। भारतका उमेश यादवले ३ तथा जसप्रित बुमराह र रविन्द्र जडेजाले समान २ विकेट लिए।

Facebook Comments Box