पञ्जावलाई ४८ रनले हराउँदै मुम्बई शीर्ष स्थानमा

इन्डियन प्रियिमर लिग (आईपिएल)मा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले लागतार दोस्रो जित निकालेको छ । बिहीबार राति दुबईमा भएको खेलमा किंग्स इलावेन पञ्जावलाई ४८ रनले पराजित गर्दै मुम्बई दोस्रो जितका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

४ खेलमा दुई जित निकालेको मुम्बई ४ अंक जोड्दै शीर्ष स्थानमा उलिक्एको हो । दिल्ली क्यापिटल्स, कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरको समान ४ अंक भएपछि मुम्बई रनरेटका आधारमा शीर्ष स्थानमा रहेको हो ।

यसअघिका खेलमा मुम्बई चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा कोलकता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो । तेस्रो खेलमा मुम्बई बैंग्लोरसँग सुपर ओभरमा पराजित भएको थियो ।

बिहीबार राति भएको खेलमा पहिला ब्याटिङ गर्दै मुम्बईले दिएको १९२ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो । पञ्जाबका निकोलस पुरनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रन बनाए ।

यस्तै, मायंक अग्रवालले १८ बलमा २५, कृष्नप्पा गौतमले १३ बलमा २२ रन बनाए भने कप्तान केएल राहुलले १७ र ग्लेन म्याक्सवेलले ११ रन बनाए । पञ्जाबलाई सस्तैमा रोक्ने क्रममा मुम्बईका जस्प्रित बुमराह, राहुल चहर र जेम्स प्याटिन्सनले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै गुमाउँदै १९१ रन बनायो । सुरुमै २ विकेट गएपछि स्लो सुरुवात गरेको मुम्बईले अन्तिम ३ ओभरमा ६२ रन बनाउँदै पन्जाबले राम्रो लक्ष्य दिएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्मा सर्वाधिक ७० रन बनाए । उनले ४५ बल खेल्दै८ चौका र ३ छक्का प्रहार गरे । यस्तै, प्लेयर अफ दी म्याच किरेन पोलार्डले २० बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ४७ रन बनाए भने हार्दिक पाण्ड्याले ११ बलमा ३० रन बनाए । पाण्ड्या र पोलार्डले २३ बलमा ६७ रनको नटआउट साझेदारी गरेका थिए । पञ्जाबका सेलडन कोट्रेल, मोहम्मद सामी र कृष्णप्पा गौतमले सामान १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP