रोहितको शतक, मुस्तफिजुरको ५ विकेट : भारतद्वारा बंगलादेशलाई ३१५ रनको लक्ष्य

रोहित शर्माले जारी विश्वकप २०१९ मा चौथो शतक बनाउने क्रममा ९२ बलमा १०४ रन जोडेपछि भारतले बंगलादेशलाई ३१५ रनको लक्ष्य दिएको छ । ओपनरद्वय रोहित शर्मा र केएल राहुलले उत्कृष्ट साझेदारी गरेपछि भारत विशाल योगफल तयार गर्न सफल भएको हो ।

रोहित र राहुलले पहिलो विकेटका लागी १७७ बलमा १८० रनको साझेदारी गरेका थिए । यो जारी विश्वकपमा पहिलो विकेटका लागि भएको सबैभन्दा ठूलो साझेदारी हो भने समग्रमा चौथो ठूलो साझेदारी हो ।

राहुलले ९२ बलमा ७७ रन प्रहार गर्दै अर्धशतक बनाएका थिए । यस्तै, ४१ बलमा ४८ रन बनाएका रिसभ पन्त २ रन अर्धशतक बनाउन चुके । पूर्वकप्तान महेन्द्र सिंह धोनीले ३३ बलमा ३५ रन जोड्दा कप्तान विराट कोहलीले २७ बलमा २६ रनको योगदान गरे ।

यसैगरी, हार्दिक पाण्ड्या डकआउट भए भने दिनेश कार्तिकले ९ बलमा ८ रन जोडेका थिए । भुवनेश्वर कुमार २ रन बनाएर रनआउट हुँदा मोहम्मद सामी २ बलमा १ रन बनाएर आउट भए ।

उत्कृष्ट सुरुवात गरेको भारतको मध्यक्रम ध्वस्त पार्ने क्रममा बंगलादेशका मुस्तफिजुर रहमानले महत्वपुर्ण ५ विकेट लिए । १० ओभर बलिङ गर्दै ५९ रन दिएका मुस्तफिरले कोहली, पाण्ड्या, धोनी, कार्तिक र मोहम्मद सामीलाई पभेलियन फर्काएका थिए ।

यस्तै, सकिब अल हसन, रुबेल हुसेन र सौम्य सरकारले समान १–१ विकेट लिन सफल भए ।

जवाफि ब्याटिङ्गमा आएको बंगलादेशले ११ ओभरमा १ विकेट गुमाएर ४७ रन बनाएको छ । ३१ बलमा २२ रन बनाएका तामिम इकबाललाई मोहम्मद सामीले आउट गरे भने सकिब अल हसन र सौम्य सरकार क्रमश: ५ बलमा ६ रन तथा २९ बलमा १७ रन बनाएर खेलिरहेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.