भारतीय टिममा रोहित शर्माको प्रमोसन, एकदिवसीय टिमको कप्तान, टेस्ट टिमको उपकप्तान

Read Time:2 Minute

भारतीय क्रिकेट टिममा रोहित शर्माको प्रमोसन भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसी)ले रोहित शर्मालाई एकदिवसीय टिमको कप्तानीको जिम्मेवारी दिएको छ भने टेस्ट टिमको उपकप्तान बनाएको छ।

गतमहिना युएईमा भएको टि–२० विश्वकपपछि नियमित कप्तान विराट कोहलीले टि–२० र एकदिवसीय टिमको कप्तानी छाड्ने घोषणा गरेपछि बिसिसिआईले रोहित शर्मालाई बुधबार एकदिवसीय टिमको कप्तान बनाएको छ। रोहितले न्युजिल्यान्डविरुद्धको सिरिज मार्फत नै टि–२०को कप्तानका जिम्मेवारी सम्हालिसकेका छन्।

अब कोहली भारतीको टेष्ट टिमको मात्र कप्तान रहनेछन् । यस्तै, बिसिसिआईले अजिन्का रहानेको स्थानमा रोहित शर्मालाई टेस्ट टिमको उपलकप्तान बनाएको हो।

यसैगरी बिसिसीआईले बुधबार नै विराट कोहलीको कप्तानीमा टेस्ट टिमपनि घोषणा गरेको छ। बिसिसिआईले कोहलीको कप्तानीमा दक्षिण अफ्रिका भम्रणका लागि १८ सदस्यीय टिम घोषणा गरेको हो।

टिममा केएल राहुल, ऋषभ पन्त, जसप्रित बुमराह र मोहम्मद सामीले पुनरागमन गर्दा रवीन्द्र जडेजा, शुभमन गिल, अक्षर पटेल र राहुल चाहर भने बाहिरिएको छ।

राहुल, पन्त, बुमराह र सामीलाई न्युजिल्यान्डविरुद्धको सिरिजमा आराम दिइएको थियो । यस्तै, जडेजा, पटेल, गिल र चाहर चोटका कारण टिममा नपरेका हुन्।

भारतले दक्षिण अफ्रिका भ्रमणमा २६ डिसेम्बर देखि १५ जनवरीसम्म ३ खेलको टेष्ट सिरिज खेल्ने तालिका छ । यस्तै, भारतले एकदिवसीय सिरिज पनि खेल्ने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पिटर्सबर्गसँग रोकियो चेल्सी, यभेन्टस समूह विजेता
Next post मनाङले लिगका तीन खेल घरेलु मैदान पोखरामा खेल्ने
Close