विश्वकपपछि कोहलीले कप्तानी छाड्ने, रोहित बन्न सक्छन् नयाँ कप्तान

Read Time:1 Minute

भारतीय कप्तान विराट कोहलीले आसन्न टि–२० विश्वकपपछि सीमित ओभरको क्रिकेटको कप्तानी छाड्ने भएका छन्। कप्तानका रुपमा दबाब पर्दा आफ्नो ब्याटिङमा असर परेको भन्दै कोहलीले विश्वकपपछि एकदिवसीय र टि–२० क्रिकेटको कप्तानी छाड्ने भएको बिसिसीआई उद्दृत गर्दै विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

कोहली भारतीय टिमका सर्वाधिक सफल कप्तान हुन् । उनी सन् २०१४मा टेस्ट र सन् २०१७मा एकदिवसीय र टि–२० क्रिकेट टिमको कप्तान बनेका थिए ।

स्रोतका अनुसार बिसिसीआई पनि क्रिकेटका अलग फम्र्याटमा अलक कप्तान बनाउने पक्षमा छ। र, विश्वकप पछि कोहली टेस्ट टिमको मात्र कप्तान हुने छन्। सोही अनुसार टि–२० विश्वकपपछि भारतीय एकदिवसीय र टि–२० टिमको कप्तान रोहित शर्मा बन्न सक्ने बताइएको छ ।

कोहलीले कप्तान छाड्ने विषयमा केही यता रोहित शर्मा तथा टिम व्यवस्थापकसँग कुरा गरेको पनि बताइएको छ। तीनै फम्र्याटको कप्तान रहेका ३२ वर्षीय कोहली पछिल्लो सयम खराब फर्मबाट गुज्रिरहेका छन्। कप्तानीको दबाब कोहलीको ब्याटिङमा परेको देखिन्छ ।

सन् २०२२ र २३ मा तीन विश्वकप रहेकाले त्यसका लागि आफूलाई पूर्णरुपमा ब्याटिङमा केन्द्रित गराउन कोहलीले एकदिवसीय र टि–२० टिमको कप्तानी छाड्न लागेको बताइन्छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अमेरिकामा नेपाली खेलाडी सञ्जीवले जिते दुई स्वर्ण
Next post टस हारेर अमेरिकाविरूद्ध बलिङ गर्दै नेपाल
Close