भारत सातौं पटक सेमिफाइनलमा, बंगलादेश २८ रनले पराजित

शीर्ष वरियताको भारत इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटको समेमिफाइनलमा प्रवेश गरेको गरेको छ । मंगलबार राति भएको खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सातौं पटक सेमिफाइलनमा प्रवेश गरेको हो ।

भारत यसअघि सन् १९८३, १९८७, १९९६, २००३, २०११ र २०१५ मा गरी ६ पटक सेमिफाइनलमा प्रवेश गरेको छ । त्यसमध्ये १९८३, २०२३ र २०११ मा भारत फाइलन पुगेको छ ।

८ खेलमा ६ जित र १ हारको सामाना गरेको भारत १३ अंकका साथ दोस्रो स्थानमा छ । डिफेडिन्ङ च्याम्पियन अस्ट्रेलिया १४ अंकका साथा शीर्ष स्थानमा छ । ११ अंक जोडेको न्युजिल्यन्ड तेस्रो र १० अंकका साथ आयोजक इंग्ल्यान्ड चौथो स्थानमा रहँदा ९ अंकसहित पाकिस्तान पाचौं स्थनमा छ ।

अस्ट्रेलिया र भारतले सेमिफाइनलमा स्थान पक्का गर्दा इंग्ल्यान्ड, न्युजिल्यान्ड र पाकितानमध्ये २ टिम पनि सेमिफाइलन पुग्ने छन् । आज हुने न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको खेल सेमिफाइलन समीरकण पुरा हुन सक्छ ।

उक्त खेलमा इंग्ल्यान्ड विजयी भए इंग्ल्यान्ड तेस्रो हुँदै सेमिफाइलनमा पुग्ने छ भने चौथो टिमको निर्णय पाकिस्तान र बंगलादेशबीचको खेलपछि हुने छ । पकिस्तान फराकिलो अन्तरले विजयी पाकिस्तान सेमिफाइलन पुग्न सक्छ । तर, पाकिस्तानको रनरेट निकै कमजोर रहेकाले इंग्ल्यान्डसँग पराजित हुँदा पनि न्युजिल्यान्डकै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ ।

यदि आजको खेलमा न्युजिल्यान्ड विजयी न्युजिल्यान्डको अन्तिम ४ मा स्थान पक्का हुने छ भने इंग्ल्यान्डको सेमिफाइलनको यात्रा कठीन बन्ने छ । अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेमा पाकिस्तान चौथो बन्दै सेमिफाइलनमा पुग्ने छ भने पाकिस्तान पराजित भए इंग्ल्यान्डको भाग्न खुल्ने छ ।

पहिला ब्याटिङ गर्दै भारतले दिएको ३१५ रनको लक्ष्य पछ्याएको बंगालदेशले ४८ ओभरमा अलआउट हुँदै २८६ रन मात्र बनाउन सक्यो । उसका लागि सकिब अल हसनले सर्वाधिक ६६ रन बनाए । उनले ७७ बल खेल्दै ६ चौका प्रहार गरे ।

यस्तै, मोहम्मद सैफुद्दीले ३८ बलमा ५१ रन बनाए भने सब्बिर रहमानले ३६, सौम्य सरकारले ३३, मुस्फिकर रहिमले २४ तथा तमिम इक्वाल र लिटोन दासले समान २२ रन बनाए ।

भारतलाई जित दिलाउने क्रममा जस्प्रित बुमराहले ४ विकट लिए । उनले १० ओभरमा १ मेडनसहित ५५ रन खर्चिए । उनले ४ विकेट नै बोल्डमा लिएका थिए । यस्तै, हार्दिक पाण्ड्याले ३ तथा भुवनेश्वर कुमार, मोहम्मद सामी र युजभेन्द्र चहलले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको भारतले रोहित शर्माको शानदार ब्याटिङको मद्दतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१४ रन बनायो । भारतका लागि सर्वाधिक रन बनाएका राहितले ९२ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै १०४ रन बनाए ।

जारी प्रतियोगिमा रोहितको चौथो शतक हो । यसअघि उनले दक्षिण अफ्रिका, पाकिस्तान र इंग्ल्यान्डविरुद्ध पनि शतक बनाएका थिए । चौथो शतकसँगै रोहित सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् । उनले ७ खेलमा ५४४ रन बनाएका छन् । दोस्रो स्थानमा ५४१ रन बनाएका बंगादेशका सकिब अल हसन छन् ।

बंगलादेशविरुद्धको शतकसँगै रोहितले श्रीलंकाका कुमारा संगाकाराको नाममा रहेको कीर्तिमान पनि बराबरी गरेका छन् । सांगाकाराले सन् २०१५ मा एकै विश्वकपमा ४ शतक बनाएका थिए । प्रतियोगितामा अझै २ खेल खेल्न बाँकी रहेकाले रोहितलाई सांगाकाराको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउने अवसर छ ।

यस्तै रोहित विश्वकपमा सर्वाधिक शतक प्रहार गर्नेमा पनि दोस्रो स्थानमा उक्लिएका छन् । जारी विश्वकपको ४ शतकसहित रोहितले कुल ५ शतक प्रहार गरेका छन् । यो सूचीमा भारतका सचिन तेन्दुलकर शीर्ष स्थानमा छन् । सचिनले विश्वकपमा ६ शतक प्रहार गरेका छन् ।

ओपनरद्वय रोहित शर्मा र केएल राहुलले उत्कृष्ट साझेदारी गरेपछि भारत विशाल योगफल तयार गर्न सफल भएको हो । रोहित र राहुलले पहिलो विकेटका लागि १७७ बलमा १८० रनको साझेदारी गरेका थिए । यो जारी विश्वकपमा पहिलो विकेटका लागि भएको सबैभन्दा ठूलो साझेदारी हो भने समग्रमा चौथो ठूलो साझेदारी हो ।

राहुलले ९२ बलमा ७७ रन प्रहार गर्दै अर्धशतक बनाएका थिए । यस्तै, ४१ बलमा ४८ रन बनाएका रिसभ पन्त २ रन अर्धशतक बनाउन चुके । पूर्वकप्तान महेन्द्र सिंह धोनीले ३३ बलमा ३५ रन जोड्दा कप्तान विराट कोहलीले २७ बलमा २६ रनको योगदान गरे ।

यसैगरी, हार्दिक पाण्ड्या डकआउट भए भने दिनेश कार्तिकले ९ बलमा ८ रन जोडेका थिए । भुवनेश्वर कुमार २ रन बनाएर रनआउट हुँदा मोहम्मद सामी २ बलमा १ रन बनाएर आउट भए ।

उत्कृष्ट सुरुवात गरेको भारतको मध्यक्रम ध्वस्त पार्ने क्रममा बंगलादेशका मुस्तफिजुर रहमानले महत्वपुर्ण ५ विकेट लिए । १० ओभर बलिङ गर्दै ५९ रन दिएका मुस्तफिरले कोहली, पाण्ड्या, धोनी, कार्तिक र मोहम्मद सामीलाई पभेलियन फर्काएका थिए । यस्तै, सकिब अल हसन, रुबेल हुसेन र सौम्य सरकारले समान १–१ विकेट लिन सफल भए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.