घाइते भए रोहित, मायंकलाई मौका

विस्फोटक भारतीय ओपरन रोहित शर्मा घाइते भएको छन् । न्युजिल्यानडविरुद्धको पाँचौं टि–२० खेलको क्रममा रोहित घाइते पछि उनले एकदिवसीय र टेस्ट सिरिज गुमाएका छन् ।

रोहितले न्युजिल्यान्डविरुद्धका बाँकी सिरिज गुमाएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले मांयक अग्रवाललाई टिममा ल्याएको छ ।

अन्तिम टि–२०मा कप्तानी गरिरहेका रोहित ब्याटिङकमा क्रममा रिटायर्ड हर्ट हुँदै पभेलियन फर्केका थिए । उनको पिँडुलामा चोट लागेको बताइएको छ ।

२८ वर्षीय मांयकले ह्यामिल्टनमा बुधबार एकदिवसीय क्रिकेटमा डेब्यू गर्ने छन् । उनले केएल राहुलसँगै भारतीय इनिङको सुरुवात गर्ने छन् । एकदिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेट नखेले पनि मांयक भारतीय टेस्ट टिमका नियमित सदस्य हुन् ।

सन् २०१९ मा टेस्ट क्रिकेटमा मांयकले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी अघिल्लो वर्ष टेस्ट सर्वाधिक रन बनाउने भारतीय खेलाडी हुन् । मांयकले भारतका लागि ९ टेस्ट खेलेका छन् । जसमा समान ३ शतक र अर्धशतसहित उनले ८७२ रन बनाएका छन् ।

न्युजिल्यान्ड भ्रमणमा रहेको भारतले ३ एकदिवसीय र २ टेस्ट म्याच खेल्ने छ । यसअघि भएको ५ खेलको टि–२० सिरिज भारतले क्लिनस्विप गरेको थियो ।

यसैबीच बिसिसिआई न्यूजिल्यान्डविरुद्धको टेस्टका लागि विराट कोहलीको कप्तानीमा १६ सदस्यी टिम घोषणा गरेको छ । जसमा विराट कोहली, केएल राहुल, मायंक अग्रवाल, चेतेश्वर पुजारा, अन्जिका रहाने, पृथ्वी श, सुभमन गिल, हनुमान बिहारी, ऋद्धिमन साह, ऋषव पन्त, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, जस्प्रित बुमराह, उमेश यादव, मोहम्मद सामी, नवदीप सैनी र इशान्त शर्मा छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.