पहिलो दिन भारत बलियो, रोहितले बनाए शतक

ओपनर रोहित शर्माले शानदार रुपमा शतक प्रहार गरेपछि इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो जित भारत बलियो अवस्थामा पुगेको छ । चेन्नाईमा जारी टेस्टमा पहिलो दिनको खेल सकिँदा रोहितको शतक मद्दतमा भारतले ६ विकेटको क्षतिमा ३०० रन बनाएको छ ।

ज्याक लिचको बलमा मोइन अलीद्वारा क्याच आउट हुनुअघि रोहितले २३१ बल खेल्दै १६१ रन बनाए । ३२७ मिनेट क्रिकेटमा बिताएका उनले १८ चौका र २ छक्का प्रहार गरे । यस्तै अजिक्का रहानेले ६७ रन बनाउँदा चेतेश्वर पुजारा २१ रन बनाएर आउट भए ।

पहिलो दिनका खेल सकिँदा विकेटपिकर ब्याट्सम्यान ऋषव पन्त ३३ र अक्षर पटेल ५ रन बनाएर खेलिरहेका छन् । इंग्ल्यान्डका ज्याक लिच र मोइन अलीले समान २ विकेट लिँदा ओली स्टोन र कप्तान जो रुटले १–१ विकेट लिए।

चेन्नईमै भएको पहिलो टेस्ट इंग्ल्यान्डले २२७ रनले जितेको थियो । भारत भ्रमणमा रहेको इंग्ल्यान्डले ४ खेलको टेस्ट, ५ खेलको टि–२० र ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.