भारतविरुद्ध इंग्ल्यान्डलाई सम्हाल्दै कप्तान जो रुट

Read Time:1 मिनेट

लड्समा जारी भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा इंग्ल्यान्डलाई जो रुटले सम्हालिरहेका छन्। भारतले पहिलो इनिङमा ३६४ रन बनाएपछि जवाफी ब्याटिङ थालेको इंग्ल्यान्डलाई कप्तान रुटले सम्हालेपछि उ विस्तारै खेलमा फर्कंदै छ।

दोस्रो दिनमा साप्तिमा इंग्ल्यान्ड ३ विकेटको क्षतिमा ११९ रन बनाएर खेलिरहेको छ। उसका रुट ४८ र जोनी बेइस्टो ६ रनमा क्रिजमा छन् । त्यसअघि उसका रोए बुर्नसले ४९ रन बनाए भने डम सिब्ले ११ रन बनाएर आउट भए।

भारतका मोहम्मद रिसाजले २ विकेट लिए भने मोहम्मद सामीले १ विकेट लिए।

यसअघि २७६–३को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको भारतले थप ८८ रन बनाउँदा ७ विकेट गुमाएको थियो । उसका लागि केलएल राहुलले शतकीय योगदान दिए । उनले १२९ रनको योगदान दिए।

यस्तै, रोहित शर्माले ८३, कप्तान विराट कोहलीले ४२, रविन्द्र जडेजाले ४० र ऋषव पन्तले ३७ रनको योगदान दिए । इंग्ल्यान्डका जेम्स एन्डरसनले ५ तथा ओली रोबिन्सन र मार्क उडले समान २ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ला लिगामा भ्यालेन्सियाको जित
Next post पारससँगको भेटमा देउवाले भने– तपाईंको सफलताले हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेको छ
Close