टेलरको कीर्तिमानसँगै न्युजिल्यान्डद्वारा सिजन क्लिनस्विप

न्युजिल्यानडका पूर्वकप्तान तथा मिडल अर्डर ब्याट्सम्यान रोस टेलरले भारतीय कप्तान विराट कोहली र मास्टर ब्लास्टर विराट कोहली र सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् ।

टेलरको कीर्तिमानी प्रदर्शनसँगै तेस्रो एकदिवसी खेलमा न्यूजिल्यान्डले श्रीलंकालाई १ सय १५ रनको फराकिलो अन्तरले पराजित गर्‍यो र तीन खेलमा सिरिजमा क्लिनस्विप गर्‍यो ।

तेस्रो एकदिवसीय खेलमो १ सय ३७ रनको इनिङ खेलेका टेलरले लागतार ६ पारीमा अर्धशतक बनाउने नयाँ कीर्तिमान कायम गरे । टेलरले लागतार ५ अर्धशतक बनाएका कोहली र सचिवनको कीर्तिमान तोड्ने क्रममा ६ पारिमा १ सय ८१, ८० र ८६ (अनआउट), ५४, ९० र १ सय ३७ रन बनाएका छन् ।

सचिनले यो कीर्तिमान सन् १९९४ मा बनाएका थिए भने कोहलीले सन् २०१२ मा लागतार ५ अर्धशतक बनाएका थिए ।

यो सँगै टेलरले केन विलियम्सन र एड्रयू जोन्सको कीर्तिमान बराबरी गरे । यी दुबैले लगातार ६ पारीमा लागतार अर्धशतक बनाएका थिए । यस्तै लागतार सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान पाकिस्तानका जावेद मियान्दादको नाममा छ । उनले लगातार ९ पारीमा अर्धसतक बनाएका छन् ।

यसैगरी श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय खेलमा १ सय ३७ रन बनाएसँगै टेलरले २०औं शतक पुरा गरे । योसँगै उनले शहिद अनवरको २० शतकको कीर्तिमान बराबरी गरेका छन् ।

सिरिजमा न्युजिल्यान्डको क्लिनस्विप

घरेलु टोली न्युजिल्यान्डले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा क्लिनस्विप’ गरेको छ । तेस्रो तथा अन्तिम खेलमा मंगलबार श्रीलंकालाई १ सय १५ रनले पराजित गर्दै न्युजिल्यान्डले सिरिज ३–०ले क्लिनस्विप गरेको हो ।

यसअघि न्युजिल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ४५ रनले पराजित गरेको थियो भने दोस्रो खेल २१ रनले पराजित गरेको थियो ।

पहिलो ब्याटिङ गर्दै घेरलु टिम न्युजिल्यानडले दिएको ३ सय ६५ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाले ४२ ओभरमा अलआउट हुँदै २ सय ४९ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि अलराउन्डर थिसारा परेराले ८० रन बनाए पनि टिमलाई क्लिनस्विप हुनबाट जोगाउन सकेनन् । परेराले ६३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै निरोसन डिक्वेलाले ४६ तथा कुशल परेराले ४३ रनको योगदान दिए भने धनञ्जय डी सिल्भाले ३६ र दनुस्का गुणतिलकाले ३१ रनको योगदान दिए । श्रीलंकका ३ ब्याट्सम्यान डकआउट भएका थिए ।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा लकी फर्गुसनले ४ विकेट लिए भने इश सोधीले ३ विकेट लिए । यस्तै जेम्स निशम र टिम साउदीले १–१ विकेट लिए । फर्गुसनले ८ ओभरमा ४० रन खर्चिए भने सोधीले ८.४ ओभरमा ४० रन खर्चिए ।

टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले रोस टेलर र हेनरी निकोलसको शतक मद्दतमा ४ विकेट गुमाउँदै ३ सय ६४ रनको विसाल योगफल तयार गर्‍यो ।

टेलरले १ सय ३७ रन बनाए भने निकोलसले १ सय २४ रन बनाए । टेलरले १ सय ३१ बल खेल्दै ९ चौका र ४ छक्का प्रहार गरेका थिए भने निकोलसले ८० बलमा १२ चौका र ३ छक्का प्रहार गरे । यी दुईले चौथो विकेटका लागि १ सय ५४ रनको साझेदारी गर्दै टिमलाई उच्च योगफलतर्फ लगेका थिए ।

यसैगरी टेलरले कप्तान केन विलियम्सनसँग तेस्रो विकेटका लागि १ सय २४ रनको साझेदारी गरे । विलियम्सन ५५ रन बनाएर आउट भए । यस्तो ओपनर कोलिन मुनरो २१, निशम १२ तथा मार्टिन गुप्तिल २ रन बनाएर आउट भए । श्रीलंकाका लागि कप्तान लाथिस मलिंगाले ३ विकेट लिए भने लक्सन सन्दकनको नाममा एक विकेट रह्यो ।

यम्सनसँग तेस्रो विकेटका लागि १ सय २४ रनको साझेदारी गरे । विलियम्सन ५५ रन बनाएर आउट भए । यस्तो ओपनर कोलिन मुनरो २१, निशम १२ तथा मार्टिन गुप्तिल २ रन बनाएर आउट भए । श्रीलंकाका लागि कप्तान लाथिस मलिंगाले ३ विकेट लिए भने लक्सन सन्दकनको नाममा एक विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP