कोलकातामाथि बैंग्लोरको सानदार जित

युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले सानदार जित हात पारेको छ । सोमबर राति सारजाहमा भएको खेलमा बैंग्लोरले कोलकाता नाइट राइडर्ससमाथि ८२ रन सानदार जित निकाल्यो ।

पहिला ब्याटिङ गर्दै बैंग्लोरले दिएको १९५ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ११२ रन मात्र बनाउन सक्यो । उसका लागि तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके।

ओपनर सुभमन लिगले सर्वाधिक ३४ रन बनाए भने आन्द्रे रसेल र राहुल त्रिपाठीले समान १६ रन बनाए । कोलकातालाई सस्तैमा रोक्ने क्रममा वासिङ्टन सुन्दरले ४ ओभरमा २० रन खार्चेर २ विकेट लिए भने क्रिस मोरिसले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । यस्तै, युजभेन्द्र चहलले ४ ओभरमा १२ रन खर्चेर १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लोरले एबी डे भिलियर्सले सानदार व्याटिङ गरेपछि २ विकेट गुमाउँदै १९४ रन बनायो । नटआउट रहेका भिलियर्सले ३३ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ७३ रन बनए ।

यस्तै, आरोन फिन्चले ३७ बलमा ४७, देवदुत पाडिकलले २३ बलमा ३२ रन बनाउँदा कप्तान विराट कोहली २८ बलमा ३३ रन बनाए रनटआउट रहे । कोलकाताका प्रसिद्ध कृष्ण र आन्द्रे रसेलले समान १ विकेट लिए ।

मंगलबार सनराइजर्स हैदराबाद र चेन्नई सुपर किंग्स भिड्ने छन् । खेल साँझ ७ः४५ बजे दुबईमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP