दिल्ली पुनः शीर्ष स्थानमा, राजस्थान १३ रनले पराजित

दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल)को शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति दुबईमा भएको खेलमा राजस्थान रोयल्समाथि १३ रनको जित निकाल्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

८ खेलमा ६ जित र २ हारको सामाना गरेको दिल्ली १२ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सको १० अंक छ । यद्यपि मुम्बईले १ खेल कम खेलेको । यता राजस्थानमा भने ६ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

पहिला ब्याटिङ गर्दै दिल्लीले दिएको १६२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । उसका लागि बेन स्टोक्सले सर्वाधिक ४१ रन बनाए भने रोविन उथप्पाले ३२ र जोस बटलरले २२ रनको योगदान दिए । दिल्लीका तुषार देशपाण्डे र एनरिक नोर्कियाले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाए । यस्तै, कप्तान श्रेयस अय्यरले पनि ४३ बलमा ३ चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाए । राजस्थानमा जोफ्रा आर्चरले ३ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.