राष्ट्रिय महिला क्रिकेटकी कप्तान रुबिनाले हङकङमा क्रिकेट खेल्ने

Read Time:1 Minute

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले हङकङमा क्रिकेट प्रतियोगिता खेल्ने भएकी छन् । रुबिनाले हङकङमा आयो्जना हुने फेयर ब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगिता खेल्ने भएकी हुन्।

यो प्रतियोगितामा आबद्ध उनी दोस्रो नेपाली महिला क्रिकेटर हुन्। यसअघि नै नेपाली क्रिकेटर सीता रानामगर प्रतियोगितामा आबद्ध भइसकेकी छिन्।

फेयर ब्रेक इन्भिटेसनल अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट मान्यता प्राप्त महिला टी–२० क्रिकेट प्रतियोगिता हो । मे १ देखि १५ सम्म हङकङमा हुने प्रतियोगितामा ६ टोलीले भाग लिनेछन् ।

प्रतियोगितामा भारतकी हर्मप्रित कौर, पाकिस्तानकी सना मिर जस्ता चर्चित खेलाडीहरुको सहभागिता सुनिश्चित भइसकेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post उपाधि होडमा मनाङलाई सातदोबाटोको धक्का, मछिन्द्रलाई फाइदा
Next post अस्ट्रेलियाले दोस्रो पटक पनि रद्द गर्‍यो जोकोभिकको भिसा
Close