कोरोना संक्रमण भएपछि सचिन अस्पतालमा

एक साताअघि कोरोना संक्रमित भएका मास्टर ब्लास्टर सचिन तेन्दुलकर स्वासथ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । ६ दिनअघि संक्रमण देखिएका सचिन शुक्रबार अस्पताल भर्ना भएका हुन् ।

सचिनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू अस्तापल भर्ना भएको बताएका छन्। उनले चिकित्सकको सल्लाहअनुसार नै आफू अस्पताल भर्ना भएको उल्लेख गरेका छन्।

सचिनले आफूप्रति शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद दिँदै उनले निको भएर केही दिनमै घर फर्किने विश्वास व्यक्त गरेका छन्।

सचिन अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय शतक बनाएका उनले सर्वाधिक २ सय टेस्ट खेलेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.