सचिनले सम्झिए ‘पहिलो प्रेम’

आज फेब्रुअरी १४ अर्थात भ्यालेनटाइन डे । युवापुस्ताले आजको दिनलाई उत्सवमा रुपमा मनाउने गरेका छन् । युवाहरु झैँ अन्तर्राष्ट्रिय क्रिकेटका महान खेलाडी मास्टर ब्लास्टर सचिन तेन्दुलकरले पनि ‘भ्यालेन्टाइन डे’ कै आफ्नो पहिलो प्रेम सम्झिएका छन्।

अन्र्राष्ट्रिय क्रिकेटबाट सन्न्यस लिइसकेका सचिन अहिले रोड सेफ्टी वल्र्ड सिरिजका लागि अस्ट्रेलियामा छन् । मार्चमा हुने प्रतियोगिता मार्फत सचिनसँगै क्रिकेटका अन्य दिग्गज खेलाडी पनि मैदान मात्र उत्रँदैछन्।

दिउँसो १२ः४५ मा ट्वीटरमा एउटा भिडियो पोस्ट गर्दै सचिनले आफ्नो ‘पहिलो प्रेम’लाई सम्झिएका छन् । ११ सेकेन्डको उक्त भिडियोमा सचिन ग्लब्स र प्याड लगाएर नेटमा अभ्यास गरिरहेका छन् । उनले क्याप्सन लेखेका छन्, ‘माई फस्र्ट लभ’।

सन् २०१३ अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिएका सचिनले ब्याटिङमा अधिकांश रेकर्ड आफ्नो नाममा लेखाएका छन् । २४ वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा बिताएका सचिनले पहिले क्रिकेटका जति माया गर्थें, त्यो माया अहिले पनि छ र आगामी दिन रहिरहने बताउँदै आएका छन्।

अस्ट्रेलियामा हालै भएको डढेलोबाट पीडितका लागि राहत जुटाउन ‘रोड सेफ्टी वल्र्ड सिरिज’ आयोजना गर्न लागिएको हो । त्यही सिरिजका लागि उनी नेटमा अभ्यास गरिरहेका छन्, र उनले सोही अभ्यासको फुजेट ट्वीटरमा सेयर गरेका हुन्।

रोड सेफ्टी वल्र्ड सिरिजमा भारत, अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज र दक्षिण अफ्रिकाका पूर्वखेलाडी क्रिजमा उत्रँदै छन् । जसमा सचिनका अलावा वीरेन्द्र सेहवाग, युवराज सिंह, जाहिर खान, ब्रायन लारा, शिवनारायण चन्द्रपाल, ब्रेट लि, ब्रेट हज, जोन्टी रोड्स, मुथैया मुरलीधरन, तिलकरत्ने दिल्सान, अजन्था मेन्डिसलगायत छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.