म्याच फिक्सिङ गरेको आरोपमा श्रीलंकाका पूर्वक्रिकेटर सचित्र सेनानायके पक्राउ परेका छन्।
सन् २०२० को श्रंलं प्रिमियर लिगमा दुई खेलाडीलाई खेल मिलेमतो गराउन राजी गरेको आरोपमा सचित्र पक्राउ परेका हुन्। श्रीलंकन प्रहरीले म्याच फिक्सिङको मुख्य अभियोगमा सचित्रलाई शुक्रबार अदालतसमक्ष उपस्थित गराउनेछ।
आफूले लिग नखेले पनि उनले खेलाडीलाई लोभ्याउन प्रयास गरेको प्रहरीको भनाइ छ । उनले श्रीलंकामा नभएर बाहिर देशबाट दुई खेलाडीलाई फकाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।

श्रीलंकाबाट ४९ एकदिवसीय खेल खेलेका सचित्र सन् २०१४को टि–२० विश्वकप विजेता श्रीलंकन टिमका सदस्य हुन्। उनले सन् २०१३ मा कोलकाता नाइट राइडर्सबाट आइपिएल पनि खेलेका थिए। सचित्राले एकदिवसीयमा ५३ र २४ अन्तर्राष्ट्रिय टी–२० मा २५ विकेट लिउका छन्। उनले श्रीलंका लागि १ मात्र टेस्ट खेलेका छन्।