सागर ढकाल बने इपिएलका सर्वोत्कृष्ट खेलाडी

चौथो संस्करणको एभरेस्ट प्रिमियर (इपिएल)को उपाधि चितवन टाइगर्सले जितेको छ। शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो।

चौथो संस्करणको इपिएलमा चिवतले उपाधिसँग व्यक्तिगत उपाधिमा पनि वश्चर्य कायम ग¥यो । चितवनलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका लेगस्पिनर सागर ढलका प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने। प्लेयर अफ दी टुर्नामेन्ट बनेका उनले मोटरसाइकल प्राप्त गरे । उनले प्रतियोगितामा कुल १४ विकेट लिएका थिए।

यस्तै, डेयर टु ड्रिम अवार्ड चिवतनकै फास्ट बलर कमलसिंह ऐरीले प्राप्त गरे। उनले प्रतियोगिताका कुल १२ विकेट लिए । चितवनकै भीम सार्की इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट बने। उनले प्रतियोगितामा २ अर्धशतकसहित १९६ रन बनाए।

Facebook Comments Box