अन्तिम खेलमा इंग्ल्यान्डलाई ७ रनले हराउँदै भारतले जित्यो एकदिवसीय सिरिज

तीन खेलको एक दिवसीय सिरिजको अन्तिम खेलमा इंग्ल्यान्डलाई हराउँदै भारतले सिरिज जितेको छ। आइतबार राति पुनेमा भएको अन्तिम एकदिवसीयमा इंग्ल्यान्डलाई ७ रनले हराउँदै भारतले तीन खेलको सिरिज २–१ ले जितेको हो।

यसअघि पहिलो खेलमा भारत ६६ रनले विजयी भएको थियो भने दोस्रो खेल इंग्ल्यान्डले ६ विकेटले जितेको छ। भारतले इंग्ल्यान्डविरुद्धका तीन वटै सिरिज जित्यो । भारतले टेस्ट सिरिज ३–१ले जितेको थियो भने टि–२० सिरिज ३–२ले जितेको थियो।

पहिला ब्याटिङ गर्दै भारतले दिएको ३३० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३२२ रनमात्र बनाउन सक्यो । उसका लागि साम कुरानले अविजित ९५ रन बनाए । उनले ८३ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, डेविड मलानले ५० बलमा ५० रन बनाए भने लियाम लिभिङ्सटनले ३६ र बेन स्टोक्सले ३५ रनको योगदान दिए । भारतका शार्दुल ठाकुरले ४ र भुवनेश्वर कुमारले ३ विकेट लिँदा टि नटराजनले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ऋषव पन्त, हार्दिक पाण्ड्या र शिखर धवनले अर्धशतक बनाए पछि ४८.२ ओभरमा अलआउट हुँदै ३२९ रन बनायो । भारतका लागि ऋषव पन्तले ७८, शिखर धवनले ६७, हार्दिक पाण्ड्याले ६४ रन बनाए ।

ऋषवले ६२ बलमा ५ चोका र ४ छक्का प्रहार गरे भने ५६ बल खेलेका धवनले १० चौका प्रहार गरे । यस्तै हार्दिकले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै, बलिङतर्फ मार्क वोडले तीन र आदिल राशिदले दुई विकेट लिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.