इंग्ल्यान्डले जित्यो श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज

श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज इंग्ल्यान्डले एक खेल अगावै जितेको छ। ओभरमा बिहीबार राति भएको दोस्रो खेलमा श्रीलंकालाई ८ विकेटले हराउँदै इंग्ल्यान्डले सिरिज २–०ले जितेको हो।

सिरिजको पहिलो खेल इंग्ल्यान्डले ५ विकृेटले जितेको थियो । तेस्रो एकदिवसीय ४ जुलाईमा हुने छ। यसअघि इंग्ल्यान्ड श्रीलंकाविरुद्धको टि–२० सिरिजमा पनि क्लिनस्विप गरेको थियो।

पहिला ब्याटिङ गर्दै श्रीलंकाले दिएको २४२ रनको लक्ष्य इंग्ल्यान्डले ४३ ओभरमा मात्र २ विकेट भेट्टायो । इंग्ल्यान्डलाई जित दिलाउन कप्तान इओन मार्गन, जोरुट र जासन रोएले अर्धशतकीय योगदान दिए । मोर्गनले सर्वाधिक ७५ रन बनाउँदा, रुटले ६८ र रोएले ६० रन बनाए । श्रीलंकाका वानिन्डु हसरंगा र चामिका करुणारत्नेले समान १ विकेट लिए।

यसअघि धनन्जय डि सिल्भाले उत्कृष्ट पारी खेलेपछि श्रीलंकाले निर्धारित ओरमा ९ विकेट गुमाएर २४१ रन बनाएको थियो । १२ रन बनाउँदा ३ विकेट गुमाएपछि दबाबमा आएको श्रीलंकाको इनिङ उकास्ने क्रममा सिल्भाले ९१ बलमा ३१ चौका प्रहार गर्दै ९१ रन नै बनाए ।

यस्तै, दसुन सनकाले ४७, हसरंगाले २६ र करुणारत्नेले २१ रनको योगदान दिए । सामन कुरानले १० ओभमार ४८ रन खर्चेर ५ विकेट लिए भने डेविड वाइलीले १० ओभरमा ६४ रन खर्चेर ४ विकेट लिए ।

Facebook Comments Box