
सोमपाल सन्दीपले सुधारे वरियता, आसिफ र रोहितको यथावत
आईसिसीको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर सोमपाल कामीले वरियता सुधार गर्दा आसिफ सेख र रोहित पौडेलको वरियता भने यथवात छ ।
एकदिवसीय क्रिकेटको बलिङतर्फ सोमापलले २ स्थान सुधार गरेका छन्। यसअघि ९५औं स्थानमा रहेको सोमपाल ९३औं स्थानमा उक्लिएका छन्।
यस्तै, राष्ट्रिष्य टिमबाट निलम्बनमा परेका सन्दीप लामिछानेको पनि बलिङ वरियता सुधार भएको छ। एक स्थान सुधार गर्दै एकदिवसीय बलिङ वरियतामा उनी ३७औं स्थानमा आएका छन्।
कदिवसीय वरियतामा ब्याटिङतर्फ ओपनर आसिफ शेख र मिडलअर्डर ब्याट्सम्यान रोहितकुमार पौडेलको वरियता यथावत छ। आसिफ ९१औं र रोहित ९२औं स्थानमा यथावत छन्।
एकदिवसीय वरियतामा ब्याटिङतर्फ पाकिस्तानका बाबर अजाम शीर्ष स्थानमा रहँदा पाकिस्तानकै इमाम उलहक दोस्रो स्थानमा छन्। बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट शीर्ष स्थानमा छन् भने अस्ट्रेलियाका जोश हेजलउड दोस्रो स्थानमा छन्।
यस्तै, एकदिवसीयको अलराउन्डरतर्फ बंगलादेशका सकिब अल हसन शीर्ष स्थानमा रहँदा भारतका रविचन्द्र आविश्वन दोस्रो स्थानमा छन्।