बिग बासको ड्राफ्टमा सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने बिग बास लिगको ड्राफ्टमा परेका छन्। बिग बासको नयाँ सिजनका लागि सार्वजनिक भएको खेलाडी ड्राफ्टमा सन्दीपसँगै १६९ विदेशी खेलाडी छन्।

२८ अगस्टमा हुने् अक्सनमार्फत बिग बासका टिमले ड्राफ्टलाई अनुबन्धन गर्ने छन्। बिबिएल टिमले यसपटकदेखि ड्राफ्टमार्फत विदेशी खेलाडी भित्र्याउन लागेका हुन्।

सन्दीपले यसअघि लगातार दुई सिजन हरिकेन्सबाट खेलिसकेका छन्। त्यसअघिका दुइृ सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए। सन्दीपले बिग बासमा ४३ खेल खेल्दै ४८ विकेट विकेट लिएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एसिया कपमा भारत र पाकिस्तान एकै समूहमा
Next post २०३०को विश्वकप अयोजनाको लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेको संयुक्त दाबी
Close