कोरोनाविरुद्ध लड्न सन्दीपको ‘टिम सन्दीप लामिछाने’ अभियान, गरे तीन लाख सहयोगको घोषणा

कोरोना भाइरसविरुद्ध लड्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य युवा क्रिकेटर सन्दीप लामिछानेले अभियानको घोषणा गरेका छन् । सन्दीपले सोमबार कोरोना भाइरसविरुद्ध लड्नका लागि सन्दीपले ‘टिम सन्दीप लामिछाने’ अभियानको घोषणा गरेका हुन् ।

सन्दीपले ‘टिम सन्दीप अभियानमा ३ लाख सहयोग गर्ने घोषणा पनि गरेका छन्। यो अभियानमार्फत् आर्थिक संकलन गरेर कोरोविरुद्ध लड्न सहयोग गर्ने सन्दीपको योजना छ ।

उक्त अभियानबाट उठेको रकम स्थानीय निकाय, प्रशासन कार्यालयको रोहवरमा अति प्रभावित क्षेत्र, स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने सन्दीपले जनाएका छन् ।

सन्दीपले आर्थिक सहयोग संकलनका लागि सेन्चुरी बैंक खातासमेत खोलेका छन् । ‘टिम सन्दीप लामिछाने’मा जोडिन चाहनाले पुतलीसडक ब्रान्चमा रहेको सन्दीप लामिछानेको खाना नं.०१७००००३५३सिए मा रकम जम्मा गर्न सक्ने छन् ।

Facebook Comments Box