
क्लोज क्याममा रहेका सन्दीप, जितेन्द्र र आरिफमा कोरोना संक्रमण
Read Time:1 Minute
टि–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि बन्द प्रशिक्षणमा रहेका कप्तान सन्दिप लामिछानेसहित तीन खेलाडीको कोरोना संक्रमण पुष्टी भएको छ। सन्दीपसँगै आरिफ सेख र जितेन्द्र मुखियालाई कोरोना संक्रमण देखिएको हो।
आरिफ र जितेन्द्र नियमित प्रशिक्षणमा रहेपनि सन्दीप भने प्रशिक्षणमा सहभागी भइसकेका थिएनन् । सन्दीप भर्खरै बिग बास लिग खेलेर फर्केर क्वारेन्टिनमा बसेका थिए । टिममा सहभागी हुनुअघि गरिएको परीक्षणमा सन्दीपलाई संक्रमण देखिएको हो।
आईसीसी टी २० विश्वकप क्रिकेटका लागि ग्लोबल क्वालिफायरका लागि बन्द प्रशिक्षणमा रहेका थप ३ जना खेलाडीलाइ कोरोना संक्रमण भएको छ ।
क्यानका अनुसार संक्रमण देखिउका तीनै खेलाडीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु आइशोलेसनमा बनेका छन्।
बन्द प्रशिक्षण सुरु हुनुअघि गरिएको परीक्षणमा ४ जना खेलाडीमा कोरोन संक्रमण देखिएको थियो।