नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने एसिया कप खेल्न पाकिस्तान प्रस्थान गरेका छन्। सन्दीप सोमबार बिहान पाकिस्तान प्रस्थान गरेका हुन्।
सन्दीप एक्लै पाकिस्तान प्रस्थान गरेका हुन्। काठमाडौं जिल्ला अदालतले सन्दीपको मुद्दाको सनुनवाई ढिलाई गर्दा उनी टिमका अन्य सदस्यसँगै पाकिस्तान जान पाएका थिएनन्। नेपाली टिम अघिल्लो साता नै पाकिस्तान पुगेको थियो।
काठमाडौं जिल्ला अदालतले सन्दीपको मुद्दाको अर्को पेशी भदौ २१ गतेका लागि तोकेपछि सन्दीप एसिया कप खेल्न पाकिस्तान गएका हुन्। सन्दीपलाई विदाई गर्न राष्ट्रिय खेलुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए।
एसिया कप १३ भदौबाट सुरु हुँदैछ। नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते श्रीलंकामा खेल्ने छ।
यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ।