सन्दीपका वकिल भन्छन्– मनगढन्ते कथा लेखेर अदालतलाई प्रभावित पार्न खोजियो

Read Time:2 Minute

क्रिकेटर सन्दीप लामिछानेका कानून व्यवसायीले ‘पीडित’ का नाममा मनगढन्ते कथा लेखेर अदालतलाई प्रभावित पार्न खोजिएको आरोप लगाएका छन् । आज हुने सुनुवाइमा पनि यो विषयलाई महत्वका साथ उठाउने उनीहरूको तयारी छ ।

उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा छाड्ने आदेश दिएपछि उनी राष्ट्रिय टीममा फर्केका थिए । सरकारी पक्षले थुनामै राखेर पुर्पक्ष गर्न माग गर्दै गरेको पुनरावेदन र सन्दीपले आफूमाथि विदेश भ्रमणमा लगाएको रोक हटाउन गरेको निवेदनमाथि आज सुनवाइ हुँदैछ ।

आज हुनसक्ने सम्भावित फैसला प्रभावित पार्ने हेतु मिडिया ट्रायल भइरहेको सन्दीपका वकिल सरोज घिमिरेले बताए ।

‘विचाराधीन मुद्दामा कुनै पनि मिडियाले यसरी पीडितका नाममा एकपक्षीय विवरण र मनोवाद लेख्न पाउँदैनन्, यो विषयलाई आज हामी अदालतमा बलियोसँग उठाउने छौं,’ उनले भने । अदालतको फैसला नहुँदै बलात्कारीका रूपमा चित्रण गरेर लेख्नेहरूविरुद्ध मानहानीको मुद्दा हाल्नसक्ने पनि उनले चेतावनी दिएका छन् ।

‘आज के आदेश आउँछ, त्यसलाई हेरेर हामी आवश्यक कदम चाल्नेछौं,’ उनले भने ।

घिमिरेले प्रतिवादीलाई मात्र नभएर वादीलाई पनि मुद्दासँग सम्बन्धित विषयमा अन्तर्वार्ता दिँदै हिँड्ने हक नहुने उल्लेख गरे । सन्दीपले गरेको निवेदनमा पनि आफ्नो व्यक्तिगत गोपनीयताको हक संरक्षण गर्न अपिल गरेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %
Previous post सिटीको सहज जित, रोकियो लिभरपुल
Next post ओलम्पिकको महिला फुटबल छनोट नेपालमा हुने
Close