क्रिकेटराष्ट्रिय क्रिकेट

सन्दीपको मुद्दा प्रकाशप्रसाद पण्डितको इजलासमा, पाँचौं नम्बरमा पालो

क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्दा आज जिल्ला अदालतमा सुनवाइ हुँदैछ। उनको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा मुद्दाको बहस हुने भएको हो ।

फैसलाको चरणमा रहेको मुद्दा धेरै समयदेखि पछि धकेलिँदै आएको थियो। पछिल्लो पटक न्यायाधीशले आमाको जन्ममिति स्पष्ट हुने कागज ल्याउन आदेश दिएर सुनवाइ स्थगित गरिदिएका थिए। उक्त कागज आइसकेपछि आजलाई पेशी तोकिएको हो।

पेशीको सूचीमा सन्दीपको मुद्दा पाँचौं नम्बरमा परेको छ। यदि आज सुनवाइ सुरु भयो भने एक–दुई दिनमा फैसला आउन सक्छ ।