क्रिकेटराष्ट्रिय क्रिकेट

विमानस्थलमा सन्दीपले भने– एसिया कपका लागि तयार छु, आशा छ राम्रो गर्छौं

नेपाली टिम एसिया कपका लागि पाकिस्तान पुगेको झण्डै एक सातापछि नेपाली नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार खेलाडी सन्दीप लामिछाने पनि पाकिस्तान गएका छन्।

मुद्दाको सुनुवाईमा ढिलाइ भएपछि सन्दीप सोमबार बिहान मात्र पाकिस्तान प्रस्थान गरेका हुन्। राष्ट्रिय खेलुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै पुगेर सन्दीपलाई बिदाई गरेका थिए।

विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रक्रियादिँदै सन्दीपले टिमसँगै जान नपाएपछि आफूले अभ्यासलाई निरन्तरता दिएको भन्दै एसिया कपका लागि तयार भएको बताए। उनले भने, ‘खेल्नका लागि म तयार छु । आशा छ, एसिया कममा राम्रो गर्ने छौं ।’

एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानसँग खेल्दै छ। नेपालले भदौ १३ गते पाकिस्तानसँग खेल्ने छ। त्यसपछि नेपाली टिम भारतसँग खेल्ने श्रीलंका आउने छ। भारतसँगको खेल भदौ १८ गते हुनेछ।

टिमसँग घुलमिल हुन समय नलाग्ने भन्दै उनले एसिया कपमा राम्रो गर्ने विश्वास व्यक्त गरे। ‘भारत र पकिस्तानसँगको खेलमा हार जित भन्दा पनि हामीले उनीहरुबाट सिक्नसक्ने कुरा महत्वपूर्ण हुनेछ। हामीलाई जति आउँछ, त्यो दिल खोलेर खेल्ने छौं।’

‘यो खुसीको एउटा पर्व जस्तै हो किनभने हामीले सधैं यस्तो टिमहरुसँग खेल्न पाउँदैनौं’ आगामी दिनमा पनि यस्ता टिमसँग कसरी निरन्तर खेल्ने वातावरण बनाउने भन्नेतर्फ सोच्नुपर्नेमा जोड दिए।