
टि–२० विश्वकप खेल्ने नेपालको लक्ष्य
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अष्ट्रेलियामा हुने टि–२० विश्वकपमा छनोट हुने नेपालको लक्ष्य रहेको बताएका छन् ।
सोमबार जुममार्फत् मिडियासँग कुरा गर्दै प्रशिक्षक र कप्तानले विश्वकप खेल्ने लक्ष्य भएको बताएका हुन् । पुबुदुले फेरि अर्को पटक नेपाललाई विश्वकपमा छनोट गराउनका लागि लागिपरेको बताए ।
‘उहाँहरूसँग योजना गर्न पाउनु र उहाँहरूको पनि चाहना होला सबैजनाको कुरा मिलाएर हामी कसरी राम्रो नतिजा दिन सक्छौँ उहाँहरूको रोल त्यसमा हुन सक्छ’, सन्दीपले भने, ‘म कप्तान भए पनि हामीले सबैको विचारलाई रेस्पेक्ट गर्दै अघि बढ्नुपर्छ । विश्वकपमा छनोट हुनु मेरो र समग्र टिमको लागि नै महत्त्वपूर्ण कुरा हो ।’
उनले टोलीमा सिनियर खेलाडी हुनु राम्रो कुरा रहेको बताउँदै सबैको विचारलाई सम्मान गर्दै अगाडि बढ्ने बताए।
‘यति बेला ज्ञानेन्द्र मल्लदाई, शरद दाई सबैजनाको अनुभव मान्य हुन्छ। उहाँहरुसँग योजना गर्न पाउछु। उहाँहरुलाई केही लाग्न सक्छ। सबैजनाहरु मिलेर एउटा राम्रो नतिजा ल्याउनु पर्छ,‘ उनले भने,‘हामीले सबैको विचारलाई सम्मान गर्दै अघि बढ्नुपर्ने आवश्यक छ।’
त्यस्तै, प्रशिक्षक प्रशिक्षक दासानायकेले भने,’क्वालिफायर टफ छ, तर मलाई विश्वास छ टिम ब्याटिङ र बलिङ दुवैमा सन्तुलित भएकोले विश्वकपमा छनोट हुन्छौं ।’ प्रशिक्षक दासानायकेका अनुसार नयाँ खेलाडीहरू पनि क्षमतावान रहेका छन् भने जितको लक्ष्यसहित प्रशिक्षण चलिरहेको छ ।